कविता
यो शहर छोड्न, मन छ मलाई
आफ्नै गाउँ फर्कन, मन छ मलाई
धुलो र धुँवाको मुस्लोले
गाडी र मान्छेको भिडले
साह्रै बेचैन छु म
बेचैन छु , म
पहिलेजस्तो अहिले शहर छैन
हाँसखेल गर्ने कुनै रहर छैन
महँगीले झनै आकाश छोयो
गरिबीले पिल्सिएर झनै मन रोयो
शहरमा मान्छे बेचिँदो रै’छ
पल–पलमा मान्छे ठगिँदो रै’छ
यहाँ सबै निष्ठुरी देखें
सबैसबै स्वार्थी भेटें
यहाँ दिउँसै रात पर्दो रहेछ
दुःखले आँसु झर्दो रहेछ
मान्छेमाथि मान्छेकै खेल छ
चारैतिर जाल र झेल छ
जाल र झेल छ ।
कविवर : राष्ट्रिय अनुसन्धान बिभागको
डीआईजी, हुनुहुन्छ