निषेधाज्ञा खुकुलो सहित भोलिदेखि के खुल्ने के नखुल्ने

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई जारी राख्दै भोलि बिहीबारदेखि ‘सीमित निषेधाज्ञा’ लागू गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले आज यस्तो निर्णय गरिएको हो ।

निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छने बताए ।

‘निषेधाज्ञाको पनि विभिन्न स्वरूप हुन्छन्, निषेधाज्ञालाई कायमै राखेर पनि धेरैजसो क्षेत्र खोल्ने नखोल्ने निर्णय गर्न सकिन्छ,’ दाहालले भने, ‘आजको बैठकले त्यसरी नै निर्णय गरेको हो ।

गिरीका अनुसार अब सार्वजनिक–निजी सवारीसाधन चल्दैछन्, तर जोरविजोरमा । स्वास्थ्य मापदण्ड भने पालना हुनुपर्ने हुन्छ ।

१६ सिटभन्दा माथिका सवारीसाधन चल्छन् । तर, माइक्रो बस, टेम्पो चल्दैनन् । ट्याक्सीलाई भने रोक लगाइएको छैन ।

अहिले ट्याक्सीले एम्बुलेन्सको काम गरिरहेका छन्, ट्याक्सीमा तीन जना मात्र रहने भएकाले जोखिम कम भएकाले सञ्चालन गर्न दिइएको हो ।

दाहालका अनुसार भोलिदेखि सबै खालका पसल खुल्नेछन्, तर बढी भीड हुने ठाउँहरूलाई साताको तीन दिन मात्र खोल्न दिइने छ ।

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसल पनि खुल्नेछन् । तर, सोमबार, बुधबार र शनिबार तीन दिन मात्र समय दिइएको छ । सपिङ मलहरूलाई पनि सोही नियम लागू गरिएको छ ।

अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु बिक्री वितरणमा समय तोकिएको छ ।

त्यस्ता पसल बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिइने छ । यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न दिइँदै आएको थियो ।

अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने छ । त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको छ ।
बैंकहरू यसअघि नै सुचारु थिए । अब सहकारी पनि खोल्न पाइने छ । तर, सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न दिइने छ ।

शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ । उपत्यकाका सबै नाकाहरू साबिकझैं बन्द रहनेछन् । उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ ।

भाँडा–भान्साका सामग्रीका पसल पनि खुल्नेछन् तर आइतबार, मंगलबार र शुक्रबार मात्र । फर्निचर र अटोमोबाइल पसल सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्मै खुल्नेछन् ।

फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र अपराह्न ४ देखि बेलुका ७ बजेसम्म खुल्ने छन् ।

दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार खोल्न पाइने छैन । खुल्ला स्थानमा सभा– जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ–मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन ।

उद्योग र कलकारखाना चल्न दिइन्छ । तर, स्वास्थ्य मापदण्डविपरीत चलाउन पाइँदैन । चाडपर्वमा हुने जमघट हुन दिइँदैन । शैक्षिक संस्था चल्ने छैनन् ।

गोष्ठी, सेमिनार, शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन् । चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहने छ । श्रमिक–मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइने छैन ।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो । निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो ।

निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासन लचिलो भएको प्रजिअ दाहालले बताए । यसअघि मंगलबार सरोकारवाला सबै पक्षसँग छलफल गर्दा पनि चाडबाड नजिकिएका कारण आर्थिक गतिविधिहरू हुनुपर्ने राय पेश भएको थियो ।

दाहालका अनुसार अहिले लागू भएको निषेधाज्ञाको पनि स्वरुप परिवर्तन हो । ‘संक्रमणको अवस्थालाई मध्यनजर गरेर यो निर्णय क्रमशः हटाउने वा जारी राख्ने निर्णय हुनसक्ने उनले बताए ।

 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश यस प्रकार छ :

s1(2)