आज देशभरमा १०८१ जना कोरोना संक्रमिण हुँदा ६ जनाको मृत्यु

२४ भदौ, काठमाडौं । देशभर कोरोना भाइरसका १०८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुुसार हालसम्म संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । आजै ९ सय १८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

कोरोना संक्रमणबाट आजै थप ६ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट ३१२ जनाको मृत्यु भएको बताइएको छ ।