गायक राजन कार्किको “चाँडबाँडमा” गीती एल्बम दर्शक सामु भिडियो सहित

२४, भाद्र, काठमाण्डौ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसमा पनि बढी मात्रामा मायाप्रेमका गीतहरु आउने गर्छन् तर नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहाकका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच चर्चित लोकप्रिय गायक राजन कार्किले दशैँ तथा तिहारको शुभकामना सहित राजन कार्की समीक्षा अधिकारि र निश्मा पोखरेलको स्वरमा दशैँ तिहार बिशेष गित “चाडवाडमा” सार्वजनिक भएको छ ।

गीतमा सागर लामाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन तारानाथ आचार्यले गरेका छन् भने प्रदेशी बुढा अनि घरदेशमा रहने आमा छोरीको कहानि प्रस्तुत गरिएको छ ।

नेत्र गुरुङको निर्देशन तथा सम्पादन रहेको गीतको म्युजिक भिडियो प्रकाश गुरुङले छायाकन गरेका छन् । म्युजिक भिडियोमा राजन कार्की , सर्मिला अधिकारि , दिपिका क्षेत्रि , भारत सुनार , कृष्ण विक ,समिर गायक लगायतका कलाकारको अभिनय रहेको छ ।