Breaking News

‘मैले भन्नपर्ने कुरा केही छैन । म न्यायालयप्रति आभारी छु । भन्नपर्ने बेला आउँदा भनिहाल्छु

१३ मघ, काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलेलाई १ करोड धरौटीमा रिहा गर्न आइतबार आदेश दिएपछि उनले सो बराबरको रकम बैंक ग्यारेन्टीबाट रुपन्देही जिल्ला अदालतबा बुझाएपछि अदालतबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासले सुप्रिम सहकारी प्रकरणमा उनलाई सो रकम धरौटीमा छाड्ने आदेश गरेको हो ।

धरौटी बुझाएर निस्कने क्रममा उनले भने, ‘मैले भन्नपर्ने कुरा केही छैन । म न्यायालयप्रति आभारी छु । भन्नपर्ने बेला आउँदा भनिहाल्छु । अहिले न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छु ।

साथै, उनले देश विदेशबाट आफ्नो न्यायका लागि आवाज उठाउनेलाई धन्यवाद पनि दिएका छन् ।

‘देश विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई मेरो धन्यवाद,’ रविले भनेका छन् ।