कहाँ सुरक्षित छौ र हामी ?

कविता

हामी सुरक्षित छैनौ त्यसैले बिद्रोह गर्नु छ ।
हामी पर्योग का समान हैनौ त्यसैले
बिद्रोह गरिन्छ ।

हामी पागल हैनौ त्यसैले बिद्रोह गर्छौ ।
यहाँ शक्तिको राजनीति हुन्छ ।
यहाँ मानबियता हराएछ ।
यहाँ लगाएको पनि रिस गरिन्छ ।
यहाँ नारीको इज्जत कुल्चिन्छ ।
यहाँ दर्दनाक पीडा हुन्छ ।

भक्कानिएर मुटु फुट्ला झै हुन्छ ।
यहाँ नारीलाई इतिहास बिनाको मान्छे बनाइन्छ ।
यहाँ नारीलाइ सौन्दर्य को बस्तु बनाइन्छ ।
यहाँ नारीको कदर लत्याइन्छ ।
यहाँ नारीको अस्तित्व नै सखाप पारिन्छ ।
नारीको अपमान होइन योगदान सम्झ ।
नारीको आँसु झार्न होइन खुसी बनाउन सिक ।

 

हाल : मिर्मी स्याङ्जा