७ भाद्र, र्कीतिपुर । सायद शिक्षाको उच्च बिन्दु बनेको किर्तिपुरमा जो कोहि पनि बिद्धान बन्न सक्छ । हो यसको मतलब बिकृती नै नहुने भनेको
होइन , केहि मात्रामा होला । तर प्राय मानिसहरुले शिक्षाको केन्द्रबिन्दु नै किर्तिपुरलाइ मानेको पाइन्छ । विश्व बिद्यालयको
उदगस्थल किर्तिपुर शिक्षाको उच्च स्थल मान्छु म ।
२०६१ साल जब म किर्तिपुर सरेर गए , त्यतिबेला म संघर्ष को असहय अबस्थामा थिए । त्यतिबेला म मेरो कलमको आत्मियता संग टाढिन सकिन । सायद किर्तिपुर नगएको भए म कलम र अक्षरसंग आत्मियता साट्न पाउने थिइन, त्यसैले त्यो क्षण म मेरो कलम र किर्तिपुरको माटोलाइ कहिल्यै मेटाउन सक्दिन , आफ्नो जन्म ठाउँ भन्दा कम नदेख्ने किर्तिपुरको माटो मेरो कलम र अक्षरबाट कहिल्यै टाढिन सक्दैन । हो अक्षर जन्मनु भनेको एउटा आमा बाट बच्चा जन्मनु भन्दा कम पीडा हुदैन , तिनै अक्षरहरु मेरो दिमागको गर्भ बाट संवतः प्रस्फुटित भए , सायद त्यसैले होला किर्तिपुर मेरो मानसपटल बाट कहिल्यै मेटिदैन । मेरो संघर्षको थकाइ सहन नसकिने क्षणमा अक्षर बनेर मेरो साहित्यको सिरानी लाई जन्म दिने किर्तिपुरको माटोलाइ म कहिल्यै घृणात्मक रुपले हेर्न सक्दिन । त्यसैले किर्तिपुर र मेरो साहित्य म मरेको क्षण पनि जिबित
परिधिमा पृथ्बी रहेसम्म रहन्छ । किर्तिपुर र त्यहाको शिक्षात्मक दियो सायद कहिल्यै नमर्ने अटल अमर पहिचान हुनेछ ।
त्यसैले होला किर्तिपुर मेरो अक्षरको गस्तिमा मौन रुप मा परिचालित छ । मेरो एक्लो संघर्षमा कतिले मेरो पहिचान बिगार्न र नारी दासत्वको पहिचान दिन सिकाए पनी त्यहाको माटो र मेरो अक्षरको पहिचान एक स्वतन्त्र नारी र साहित्यक जन्म को माटो किर्तिपुर भनेर सर्बत्र जन्मिरहनेछ । यिनै इतिहास र मेरो साहित्यिक यात्रा यसै माटो संग दौडिरहनेछ दौडिरहनेछ ।