एमाले–माओवादी मिलेर बनेको नेकपा पार्टी एकीकरण नभएर सत्ता समीकरण मात्र हो

देशमा यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा (नेकपा) को नेतृत्वमा दुई तिहाई बहुमतको सरकार छ तर पनि सरकार गठन भए देखिनै जनतामा मात्र नभएर स्वयं पार्टीका नेता कार्यकर्ताले स्थिर सरकारको महसुस र अनुभूती पाउन सकिरहेका छैनन् ।

पार्टी एकीकरण गरिएको भनिए तापनि आन्तरिक कलहले एकअर्को लाई सामाजिक संजालमा आरोप–प्रत्यारोपको टीकाटिप्पणी देखि पार्टी ले गरेको निर्णय कार्यन्वयन गर्ने सवालमा नेता–कार्यकर्ताका गतिविधि देख्दा दुई पार्टीको मोर्चा जस्तो देखिन्छ । पार्टी भित्र नै दुईवटा पार्टी देखिन्छ । आजसम्म पनि हरेक पार्टीका गतिविधिमा पुर्व एमाले र पुर्व माओवादीको नाम लिने र भागबन्डा गर्ने गुट–उपगुट तयार गर्ने यस्तो हर्कत देख्दा पार्टीको नामनै प्रष्ट रूपमा दुईवटा देखिन्छ ।

अध्यक्ष पनि दुई जना छन । पुर्व एमाले र पुर्व माओवादी बाट १–१ जना । वैचारिक आधार पनि दुई फरक–फरक छन् । पुर्व एमाले पक्षधर माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद भनिरहेको छ भने पुर्व माओवादी पक्षधर माक्र्सवाद लेनिनवाद माओवादमा आधारित २१औं शताब्दीको जनवाद भनिरहेको छ । तर संघीय लोकतान्त्रिक गणतन्त्र आज जुन व्यवस्था छ । सोही व्यवस्था ल्याउन गरिएको दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन मध्य जनयुद्धप्रतिको दृष्टिकोण पनि फरक–फरक छन् । पुर्व एमाले जनयुद्धलाई आपराधिक क्रियाकलाप मान्छ भने पुर्व माओवादी महान राजनीतिक परिघट्ना मान्छ ।

पार्टी एकीकरण भन्नु स्वार्थ क्षणिक रूपमा सत्ता समीकरण भने पनि मुख्य दुई फरक–फरक छन् । पुर्व एमाले जनयुद्धको घटनाक्रमलाई ब्यूउताउदै माओवादी नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गरि कानुनी दायरामा लैजाने धम्कि दिदै माओवादी पंक्तिलाई पाखा लगाउने र नेतृत्वलाई घर न घाटको बनाई एमालेकरण गर्ने । पुर्व माओवादी एमाले भित्र पसेर सत्तामा बस्ने अन्तर्राष्ट्रिय रूपमा लगाइएको आरोपलाई धोई पखाली गरि समाजवादको खोल ओडेर संसदीय पद्धतिमा आहाल खेल्दै एमाले संगठन भताभुङ्ग पार्ने र आफ्नो बर्चस्व कायमगरि कम्युनिष्ट भैरहने । यसरी यी दुई फरक–फरक विचार ,सिद्धान्त र राजनीतिक स्वार्थ बोकेका पार्टीबाट स्थिर सरकारको अपेक्षा गर्नु नेपाली जनताको महाभुल हो ।

कम्युनिस्ट आन्दोलनमा देखा पर्ने संशोधनवाद वस्तुतः पुँजिवाद हो । पुँजिवादी आवरणमा जनताले विश्वास नगर्ने हुँदा सर्वहारा श्रमजीवीवर्ग र जनतालाई भ्रमित पारेर लुटतन्त्र मच्चाउन दलाल पुँजिवादीहरु कम्युनिस्ट पार्टी र माक्र्सवादको खोल ओड्ने गर्छन् ।

ताकी यी संशोधनवादीहरु हरियो घाँसमा लुकेका सर्प हुन । प्रस्तुत नेकपा (नेकपा) को तत्कालीन र समकालीन घटनाक्रमले छर्लङ्ग बनाएको छ । वर्गसंघर्ष को अन्तरविरोध कस्तो रोचक छ भने क्रान्तिकारी माक्र्सवादीले संशोधनवादीलाई कम्युनिस्ट मान्दैनन् र ती कम्युनिस्ट होइनन् पनि । दलाल नोकरशाही पुँजिवादीले भने कम्युनिस्ट नाम राखेपछि जोसुकैलाई अर्थात संशोधनवादीलाई पनि खास कम्युनिस्ट ठान्दा रहेछन् । एमाले ले माओ विचारधारा र नौलो जनवादी क्रान्ति परित्याग ग¥यो र नेपाली कांग्रेसको बहुदलीय प्रजातन्त्रलाई जनताको बहुदलीय जनवाद नाम दिएर नेपाली कम्युनिस्ट आन्दोलनको विसर्जन गर्यो । त्यसैगरी तत्कालीन नेकपा माओवादी ले २१ औं शताब्दीको नयाँ जनवाद भन्दै १० वर्षे जनयुद्ध को नेतृत्व गर्यो ।

त्यसक्रममा हजारौं नागरिकहरु सहिद ,घाइते अपांग, बेपत्ता र विस्थापित भए भने अरबौ मुल्य बराबर भौतिक संरचनाहरु तहसनहस भयो । यी सबै कुरा लाई तिलन्जली दिदै सहिदहरुको रगतको अपमान हुनेगरि माक्र्सवादको प्रयोग र विकास भन्दै एकता ,संघर्ष र रुपान्तरणको नाममा एमालेमा आत्मसमर्पण ग¥यो । उक्त महान जनयुद्धमा जनताको अपार सहभागिता नरहेको भए जमानमै एमालेमा विलय हुने थियो भन्ने कुरा हाल पुष्टि भएको छ । त्यतिबेला एमाले को निम्ति उग्र आतंककारी देखिने माओवादीले उठाएका ऐजेन्डा संघीयता धर्मनिरपेक्षता गणतन्त्र समानुपातिक र समावेशीका नारा लाई वर्तमान प्रधानमन्त्रीले बयल गाढा चढेर अमेरिका पुग्नु जस्तै हो भन्ने संज्ञा दिएका थिए । तर विडम्बना यति बेला संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषण भएको छ र यसको हालीमुहाली स्वयं ब्यक्ति ले गर्दै गर्दा यो ब्यवस्था ल्याउन त्याग तपस्या र योदान गरेका योद्धाहरु तिर्ष्कृत भएका छन ।

यो हुनुको परिणाम संशोधनवादी प्रचण्ड समुह एमाले मा विलय हुनुनै हो । एमाले र प्रचण्ड समूह एकता भएको किमार्थ होइन । बरु प्रचण्डहरुको संसदवादी विसर्जनको फाइदा उठाउदै एमाले ले सत्ता प्राप्त गर्न ६० र ४० को अनुपातमा समीकरण को मोडालिटी बनाएको हो भन्ने कुरा छर्लङ्ग भएको छ । यतिबेला पार्टी भित्रको द्वन्द्व जसरी चरम उत्कर्ष पुगेको छ । यो विवाद कुनै विचार ,सिद्धान्त नमिलेर होइन, नत राष्ट्रियता ,जनतन्त्र ,जनजिविका र जनसवालको विषयमा नै हो मात्र सत्ता र शक्ति मा को रहने भन्ने विषयको हो ।

नेकपा (नेकपा) भित्र मुल नेतृत्व तहबाट यतिसम्म अराजकता फैलाएको छ कि । नेतृत्वको चाकडीका निम्ति पार्टी निति ,मुल्यमान्यता र हित विपरीत कार्य गर्नेलाई पनि संरक्षण र प्रोत्साहन गरिन्छ भने कुनै निर्णय र प्रसंगमा आलोचनात्मक मत जाहेर गर्यो भने अराजकता र अनुशासनहिनताको उपाधी प्रधान गरिन्छ । नेताको निरपेक्ष समर्थ गर्नेलाई आन्तरिक लोकतन्त्र वा जनवादको भरपुर उपयोग भनेर बुझाइन्छ भने आलोचनात्मक र सचेत धारण राख्नखोज्ने कार्यकर्तालाई पार्टी लाइन विपरीतको विलिम भिराइन्छ । यसरी पार्टी भित्रको आन्तरिक विरोध र असहमतिका आवाजलाई बङ्गयाएर आफ्नो ब्यक्तिगत फाइदाका निम्ति पार्टी कार्यकर्ता लाई गलत तरिकाले प्रयोग गर्दै शक्ति प्रदर्शन गर्ने जुन किसिमको रवैया देखिदै छ यसले पार्टी नीति पद्धति को उल्लंघन मात्र होइन पार्टी समेत नरहने खतरा देखिन्छ ।

नेपाली जनताको संघर्ष र बलिदानको जगमा टेकेर कम्युनिस्ट पार्टीको नाममा नेकपा (नेकपा) ले दुईतिहाइ मत प्राप्त गरेको  थियो । यसरी जनताको अमुल्य मत लाई होइन पार्टी समेत नरहने खतरा देखिन्छ । नेपाली जनताको संघर्ष र बलिदानको जगमा टेकेर कम्युनिस्ट पार्टीको नाममा नेकपा (नेकपा) ले दुईतिहाइ मत प्राप्त गरेको थियो । यसरी जनताको अमुल्य मतलाई सत्ता र शक्ति को लडाई मा दुरुपयोग गरिरहँदा एमाले र प्रचण्ड माओवादी समुहको सत्ता समीकरण खेल जनताका माझ स्पष्ट भएको छ ।

लेखक :  बहिर्गमित जनमुक्ति सेना नेपाल  केन्द्रिय संघर्ष समिति अध्यक्ष  हुनु्हुन्छ ।