बिरगंजमा ३५ बर्षे पुरुषको कोरोना उपचारकै क्रममा निधन

१५ साउन, वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट संक्रमिण हुने संख्या तलमाति हुने क्रमसँगै यही रोगबाट मर्नेको संख्या पनि फाट्टफुट्ट भइरहेको छ । आज कोरोना संक्रमणकै कारण वीरगञ्जम थप एक जनाको मृत्युु भएको छ । वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर अस्ति मंगलबार मात्र गण्डक कोरोना अस्पताल आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहीबार बेलुकी ७ः४० बजे निधन भएको डाक्टर निरज सिंहले जानकारी दिएका छन् ।

१३ गते सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।

मृतकसहित बिहिबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना महिला छन् ।

नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाईकर्मी, औषधी कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।