काठमाडौं । आजबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को छैटौ पूर्ण केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग गरेका छन् । अध्यक्ष प्रचण्डले आगामी फागुनभित्र सम्पत्ति विवरणसहित जीविकोपार्जनको आधारसमेत बुझाउन भनेका हुन् ।
‘नेताहरूको सम्पत्ति विवरण र जीविकोपार्जनको आधार फागुनसम्ममा बुझाउनुपर्ने कुरा अध्यक्षले बैठकमा राखेका थिए ।