Breaking News

अमेरिकामा ठूलो ‘खतरनाक’ हिमआँधी : ६ करोड मानिस प्रभावित

एजेन्सी । अमेरिकामा पछिल्लो दशकयताकै सबैभन्दा ठूलो ‘खतरनाक’ हिमआँधी आएको छ । हिमआँधीका कारण ६ करोड मानिस प्रभावित भएका छन् ।

सयौँ उडान प्रभावित भएका छन, विद्यालयहरु बन्द गरिएका छन् भने सडक अवरुद्ध भएका छन । भारी हिमपातका कारण अहिलेसम्म अमेरिकाका पाँच राज्य केन्टकी, भर्जिनिया, कन्सास, अर्कान्सास र मिसौरीमा आपतकाल घोषणा गरिएको छ ।

हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास सिटी र मिसौरी सबैभन्दा बढी प्रभावित भएका छन् । त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ ।

कन्सास सिटी इन्टरनेसनल एयरपोर्टका ८६ प्रतिशत उडान रद्द भएका छन् । आज बिहान सबैभन्दा चिसो हावा रसल र सलिना सहरमा महसुस भएको छ ।