काँग्रेस तीन पदाधिकारीद्धारा पार्टी निर्वाचन समितिमा उजुरी

१ साउन, काठमाण्डौ । नेपाली काँग्रेसभित्र पनि बेलाबेलामा बिवाद आउदै गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टकराव रहँदै आएको बेला सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तोकि सकिएको र त्यसको तयारीमा जुट्नु पर्नेमा त्यसलाई प्रभावित गर्ने उद्देश्यका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी हालेका छन् ।

पौडेल पक्षीय खेमाका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी हालेका हुन् । महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको नेताहरुको आरोप लगाएका छन् ।

‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिता विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ उजुरीमा भनिएको छ ।

विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने पौडेल, कोइराला र यादवले बताएका छन् । तीनै नेताले यस्ता मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न सम्पूर्ण तहका नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

यस्तो छ तीन नेताद्धारा दिइएको उजुरी  :