सरकारलाई ध्यानाकर्षण पत्र

विगत दुईदिन यता भएको भिषण बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको निकै ठूलो क्षति भएको छ । साथै पहिरोले २ दर्जन मान्छेहरू घाइते, बेपत्ता र ३ दर्जन मान्छेको मृत्यु समेत भएको छ । यो कठिन घडीमा सरकारले सम्पूर्ण बाढीपीडित, पहिरो पीडितलाई तत्काल राहतका सामग्रीहरु, बासस्थानको व्यवस्थापन गर्नको लागि हार्दिक अनुरोध गर्द छौं । संगै यो घटनामा घाइते हुनुभएका सम्पूर्ण घाइतेलाई सरकारले औषधि उपचारको पूर्ण जिम्मा लियोस् र शिघ्र स्वास्थ्यलाभको कामना संगै मृत्यु हुने सम्पूर्ण मृतकहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

मौसम विभागले वर्षकै ठूलो पानी पर्छ भनेर दुई दिन अगावै जानकारी गराएको थियो । यदि सरकारले विपद व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान पुर्याएको भए आज यति धेरै ठूलो जनधनको क्षति हुँदैन थियो होला ! सरकारले प्रत्येक जिल्लाहरुमा बिपत ब्यबस्थापन कमिटीहरु तत् अवस्थामा राख्नु पर्ने हुन्छ । अहिले बर्खाको समयमा तराईका सबै क्षेत्रहरुमा डुबानको पनि त्यत्तिकै जोखिम छ । यो विषम घडीमा सरकार आन्तरिक किचलोमा रुमलिनु भन्दा जनमानसमा परेको आपतविपत समाधान गर्नतर्फ ध्यान दिनुपर्ने हुन्छ । तर बिडम्बना सरकार आफ्नो पार्टीको आन्तरिक किचलो को चरम उत्कर्षमा पुगेर कुर्ची जोगाउनको लागि नेताहरु तछाडमछाड गरिरहेका छन् ।

यो प्राकृतिक प्रकोप बढ्ने समयमा पार्टीको आन्तरिक किचलोलाई थाती राख्दै देश र जनताको लागि पार्टी स्वार्थभन्दा माथि उठेर लाग्नुपर्ने हुन्छ । यो कठिन घडीमा अन्तर्राष्ट्रिय निकायले गरेको चलखेलप्रति घोर आपत्ति ब्यक्त गर्दछौं । एक स्वतन्त्र सार्वभौमसत्ता नेपालमा बाह्य शक्तिले यसरी चलखेल गर्दा सर्वं सत्ताको खिल्ली उडेको महसुस भएको छ ।

सार्वभौमसत्ताका प्रधानमन्त्री माथी यसरी भारतीय विस्तारवादी मिडियाहरुले लाल्छना लगाई राखेका छन् कि यो कदापी सैया हुँदैन । इतिहासमा कुनैपनि शक्तिको गुलाम नगरेको देशलाई चीनको गुलाम भनेर भारतीय मिडियाहरुले अपवाह फैलाइरहेका छन् । यो आपत्तिजनक अपवाह को घोर भ्रसना गर्दछौं । अब उपरान्त यस्ता विखण्डनकारी मिडियालाई सरकारले तुरून्त कार्बाही को दायरामा ल्याउन हार्दिक अनुरोध गर्दछौं ।

कोरोना महामारीको कारण थिलथिलो भएको देशलाई फेरि प्राकृतिक कपरको विपत्तिले नेपालको अर्थतन्त्रलाई निकै समस्यामा पार्ने देखिएको छ । यो कठिन समयमा सिङ्गो राष्ट्र एक भएर कोरोना भाईरस विरुद्ध लड्न पनि त्यत्तिकै आवश्यक छ । अहिले हामी आन्तरिक किचलोमा रुमलिनु भन्दा महामारीको, प्राकृतिक प्रकोप अनि देशमाथि बाह्य शक्तिहरूको नाङ्गो हस्तक्षेप विरुद्ध राष्ट्रिय सहमति जुटाएर लड्नुपर्ने बेला आएको छ ।

लामो समय देशमा भएको यिअपमयधल का कारण धेरै मान्छेहरुमा ाचगकतचबतष्यल पैदा भएर मनोबैज्ञानीक समस्या परेको देखिन्छ । यो यिअपमयधल को समयमा धेरै किसिमका हिंसामा हत्या, बलत्कार र आत्महत्या जस्ता घटनाहरु निकै उच्च रुपमा घटिरहेका छन् यसतर्फ सरकारले उच्च विज्ञ टिम गठन गरेर यो समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने हुन्छ । उद्योगधन्दा, कलकारखाना हरु सबै चौपट छन् नेपालको अर्थतन्त्र निरन्तर ओरालो झर्दैछ । देशमा रहेका धेरै युवायुवतीहरुलाई बेरोजगारी ताको समस्या ले ाचगकतबतष्यल भएको छ । दैनिकी मजदुरी गरेर खाने मजदुर वर्गहरुलाई हातमुख जोड्न पनि धौधौ छ । योबेलामा गरीखाने वर्गको लागि सरकारले विशेष राहत उबअपबनभ ल्याउनुपर्दछ । शैक्षिक संस्थाहरु पुरै धरासाही भएका छन् विद्यार्थीहरूको मानसिकतामा निकै भएर डर ले डेरा जमाएको छ त्यसकारण अहिले मनोवैज्ञानिक चिकित्सकहरूको परामर्श सल्लाह को निकै खाँचो छ ।

विदेशबाट नेपाल भित्रिने मान्छेको संख्या पनि निकै उच्च रहेको छ । नेपालमामै पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । अहिले नेपालमा क्वारण्टिन र बासस्थानको व्यवस्था राम्रो नहुँदा धेरै मान्छेहरू यौनहिंसामा पर्ने धेरैले आत्मह्यासम्म गर्ने गरेका छन । भने अर्को तिर देशमै बेरोजगारीता को संख्या निकै उच्च छ संगै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पनि बेरोजगारी ताको शिकार हुने खतरा
छ । यी सम्पुर्ण समस्याहरुलाई समाधान गर्नको लागि सरकारले वैज्ञानिक वस्तुवादी दीर्घकालीन योजना ल्याउन हृदयदेखि नै लाग्नुपर्छ । अन्यथा नेपालमा निकै संकट उत्पन्न हुने देखिन्छ ठूलाठूला आन्दोलन हुने सम्भावना छ किनकि बेरोजगारीताले आन्दोलनतर्फ धकेल्नु हो त्यसैले सरकारले बेलैमा ध्यानदिन आवश्यक छ ।

बहिर्गमित जनमुक्ति सेना नेपाल
केन्द्रिय संघर्ष समिति
उपाआध्य
सम्राट