१८ असार, काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको इन्टर मिलानले ब्रेस्कियालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । इन्टरका लागि ६ फरक खेलाडीले गोल गरे ।
घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै एस्ले योङले गोल गर्दै अग्रता दिलाएका थिए । २०औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाटीमा गोल गर्दै अग्रता दोब्बर पारे । ड्यानिलो डि एम्ब्रेसिओले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै इन्टरलाई ३–० को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि इन्टरले तीन गोल नै ग¥यो । रोवर्टो गाग्लिएर्डिनीले ५२औं, क्रिस्टियन एरिक्सनले ८३औं र एन्टोनिओ कान्ड्रेभाले ८८औं मिनेटमा गोल गरे ।
जितपछि इन्टरले २९ खेलबाट ६४ अंक जोडेको छ । इन्टर अझै शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।