पार्टी अध्यक्ष प्रचण्ड समक्ष केपी ओली समर्थक स्थायी कमिटी सदस्यद्धारा भेटघाट

१८ असार, काठमाडौं । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पाटीे अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि उत्पन्न भएको नेकपा भित्रको राजनीतिक उथलपुथलले पार्टीभित्र आन्तरिक किचलोमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजभोली छलफललाई तीव्रता दिएका छन् । आज बिहान बिहीबार आफ्नो निवास खुमलटारमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका स्थायी समिति सदस्यहरुसँग छलफल गरिरहेका छन् ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी रहेका छन् । त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेका छन् ।

एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि यतिबेला पार्टीभित्रको विवाद उत्कर्समा पुगेको छ । बुधबार मात्र ओलीइतर पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए ।