२० असार, काठमाडौं । बिश्व कप २०२६ को जारी अन्तिम १६ नकआउट चरणको भरखरै सकिएको अर्जेन्टिना–केप भर्डेबीचको खेलमा अर्जेन्टिनाले केपलाई ३–२ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ । मियामी स्टेडियममा जारी खेलमा अति नै रोमाञ्टिक बन्यो । पहिलो आफको २९ औं मिनेटमा मेसीले गोल गरेर अर्जेन्टिनााई अग्रता दिलाएका थिए । पहिलो आफको अर्जेन्टिनाको अग्रतालाई केप भर्डेले दोस्रो आफको ५९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । खेल निर्धारित ९० मिनेट र अतिरिक्त ८ मिनेटको खेलसम्म बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा अर्जेन्टिनाले अर्को गोल थप्दै खेललाई २–१ मा गएपनि अर्को १० मिनेटको अतिक्ति समयमा केपले गोग गर्दै खेल २–२ को बराबरीमा गयो । तर पनि अन्तिम समय सकिन ७ मिनेट बाँकी रहँदा अर्जेन्टिनाले थप एक गोेल गरेपछि ३–२ मा सकिएको थियो । यो खेलसँगै अर्जेन्टिना अन्तिम १६ गएको छ भने केप घरफिर्ता भएको छ ।
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

