काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हिजो पार्टी कार्यालय पेरिस डाँडामा बसेको कार्यसम्पादन बैठकले पार्टीमा नेताहरुको कार्य विभाजन गरेको छ । हिजोको बैठकमा नेताहरुको कार्यबिभाजन गरेपनि त्यसको निचोड भने आजको बैठकले गर्ने बुझिएको छ । नेकपा भित्र नेताहरुको कार्यबिभाजन सँगै विवाद चुलिको छ। हिजो बसेको बैठकले शीर्ष नेताहरूको कार्य विभाजनमा विवाद हुँदा निर्णय नगरी बैठक आज पुनः बस्नेगरी स्थगित भएको थियो।
स्रोतका अनुसार सङ्गठन विभाग प्रमुख वामदेव गौतमले मागेका थिए । विदेश विभाग प्रमुख झलनाथ खनालले मागेका थिए । तर सङ्गठन विभाग प्रमुख वर्षमान पुनले पाएपछि गौतमले असन्तुष्टि पोखेका छन्।
‘यद्यपि भूगोलको सात र गैर भूगोलको दुई गरी ९ प्रदेशको इन्चार्ज टुङ्गो लागेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राईले पाएका छन् । मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादवले पाएका छन्। सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराईले पाएका छन्।
यसैगरी बागमती प्रदेशको इन्चार्ज डा। गङ्गालाल तुलाधर, गण्डकीको श्रीनाथ बराल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्र बहादुर शाही र सुदूरपश्चिमको इन्चार्जमा डा। भीम रावल रहेका छन्।
यसैगरी उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा याशोदा सुवेदी रहेका छन्। बाँकीको जिम्मेवारीबारे भोलि निर्णय हुने अर्का एक नेताले जानकारी दिए। आजको बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

