Breaking News

कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेसले निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि संसदीय दल नेता चयन गरेको छ ।
समानुपातिकबाट निर्वाचित भीष्मराज आङ्देम्बे लाई संसदीय दल नेतामा चयन गरेको छ ।

हिजो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसहितको बैठकले सर्वसम्मतिका आधारमा आङ्देम्बेलाई दल नेता चयन गरेको निर्वाचन समितिले बताएको थियो ।

संसदीय दलको कार्यालयमै गएर सभापति गगन थापाले आङ्देम्बेलाई संसदीय दल नेताको प्रमाण पत्र हस्तान्तरण गरेका छन्।