औसत व्यक्तिहरु जस्तै म पनि दैनिक काम गरेर हुदाँ खाने परिवारको एक ब्यक्ति भएकाले नियमित काममा नै थिए । त्यति बेला आर्थिक वर्ष २०७६-०७७ को तेस्रो त्रैमासको महिना भएको कारण पनि बैंक तथा बित्तीय क्षेत्रमा कामको चटारो स्वभाबिक रुपमै बढी हुने नै भयो । के–कसरी हुन्छ । तेस्रो त्रैमासमा राम्रो नतिजा ल्याउन सबैको ध्यान केन्द्रित गरेर काम गरिरहेको बेला सरकारले आवश्यक पूर्वतयारी र जानकारी बिनै २०७६ चैत्र ११ गते बाट देशभर लकडाउनको घोषणा गर्यो । “साबुन पानीले पटक–पटक मिचि–मिचि हात धोऔ, घर भित्रै बसौ, कोरोनाबाट आफु बचौ र अरुलाई पनि बचाऔ” जुन कुरा हामी नेपालीहरुले पनि पालना गर्नुको विकल्प थिएन । कोरोना महामारीको कारण विश्वका विकसित र शक्तिशालि राष्ट्रहरुले पनि त्यति बेलासम्म ठुलो आर्थिक तथा मानवीय क्षति बेहोरी सकेका थिए । बिना तयारी नाम मात्रको लकडाउन ले गर्दा हुदाँ खाने वर्ग ले भने धेरै सास्ति बेहोर्नु प¥यो ।
जहाँ २-३ घण्टा लगाएर पानी पिउनको लागि नदी, खोला र मुहानबाट एक गाग्री पानी ल्याएर दैनिक गुजारा गर्ने मानिसहरुको बाहुल्यता छ । त्याहाँ साबुन पानीले पटक–पटक मिचि–मिचि हात कसरी धुने ? योजना सम्पन्न गरी उद्घाटन गरेको दिन धारामा पानी आउछ । त्यस पछि धारा हुन्छ पानी हुदैन् । धेरै जसो ठाँउमा त धारा पनि छैनन् । योत भयो गाँउको कुरा म अहिले बसेको शहरको कुरा गर्ने हो भने अलि कति चर्को घाम लाग्दा र थोरै पानी पर्दा समेत बिधुत अबरुद्ध हुन्छ । त्यस पछि भेरि नदीको पानी मोटरबाट तानेर प्रयोग गर्न सकिने अरु केहि विकल्प छैन् ।
शहरमा पनि गाग्री बोकेर थोरै टाढा रहेको सार्वजनिक मुलको पानी लिन लामो लाईनमा बस्नु पर्ने बाध्यता छ । यस्तै छ यहाँको कथा–ब्यथा कागज र बोलिमा मात्र । “एक घर एक धारा” सिमित हुने गरेको छ हाम्रो नयाँ नेपालमा । कोरोना महामारीलाई कमाउने सुनौलो अवसर ठान्नेहरु ले भने बिल भरपाई मिलाएर राहतको नाममा कति साबुन बितरण गरे होलान् ? त्यसको लेखा जोखा छैन् । तर सामाजिक संजालमा धेरै देखियो ।
लकडाउन लम्बिएसँगै कारोना लागेर मरिन्छ कि भन्दा पनि मरे पछि कोरोना लाग्छ कि भन्ने अवस्था सृजना भयो । रोगले भन्दा भोक ले मरिने डर बढ्ने सँग–सँगै दैनिक काम गरेर दैनिकी चलाउनेहरु नियमित काममा फर्किनु पर्ने बाध्यता
थियो ।
जोखिम र संक्रमण बढेता पनि बिगतमा जस्तो कोरोनाको डर त्रास अहिले छैन् । बिस्तारै दिन प्रति दिन डर कम हुदै छ । अन्य क्षेत्रको तुलनामा बैंक तथा बित्तीय क्षेत्रमा यसको जोखिम अझ बढि नै छ । त्यसमा पनि लघुवित्त क्षेत्रमा झन धेरै सजग र सर्तकताका अपनाएर काम गर्नु पर्ने छ ।
बाहिरको चहल पहल हेर्दा र सम्माननीय प्रधानमन्त्री ज्यु, ले बेला–बेलामा दिने टिप्सहरु ले नै होला सायद यति धेरै मनोबल उच्च भएको पीसीआर टेस्ट नगरे सम्म नियमित औषधि जन्य खान पिनको कारण मेरो पनि रोग प्रतिरोधात्मक क्षमता बढि भएर भित्र–भित्रै लक्षण नै नदेखिएर कोरोना जिति सकेको अनुभुति भएको छ । तर अबका दिनमा मानसिक रुपमा मात्रै जित हाँसिल गरेर पुग्ने छैन् । सबै नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता र खानपिनमा ध्यान दिन जरुरत छ । संक्रमितहरुका टाउका गनेर ४० हजार पुग्न सक्ने आकलन मात्र गरेर बस्ने हो भने अवस्था नियन्त्रण बाहिर जाने निश्चित जस्तै छ ।
तीनै तहका सरकार मिलेर रणनीतिक कार्य योजना सहित प्रभावकारी काम गरेर कारोना बिरुद्धको लडाईमा जित हाँसिल गर्नुको विकल्प छैन् । तपाई हामीले सोचे र बोले जस्तो यो लडाई जित्न पक्कै सहज हुने छैन् । त्यसैले सल्लाहकारको भन्दा पनि विषय विज्ञ ले दिएका सुझाबहरु सुन्ने गरौ । परीक्षणको दायरा बढाऔ, आरडिटी परीक्षणको भर नपरौ । संक्रमण बढी भएको क्षेत्रमा एक घर एक पीसीआर परिक्षण गरौ, बढी जोखिम भएका क्षेत्रहरु जस्तै बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सके सबैको नसके एक कार्यालय एक व्यक्तिको पीसीआर परिक्षण गरौ ।
क्वारेन्टिनहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड भित्र रहेर थप व्यावस्थित बनाऔ, सामाजिक दुरी कायम गरौ, माक्सको अनिवार्य प्रयोग गरौ, संक्रमण पुष्टि भएकाहरुको समयमा नै उचित उपचारको व्यावस्था मिलाऔ त्यसको लागि आवश्यक जनशक्ति, भौतिक संरचना, स्वास्थ्य सामाग्री आदिको राम्रो बन्दो बस्त मिलाऔ मानवीय कमी कमजोरीले कहि कसैको ईज्जत र ज्यान नजाओस् ।
आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट ले निराश भएकाहरुलाई अब आउने मौद्रिक नीति मार्फत पक्कै पनि सबैलाई समेटेर केहि राहतको महशुस गर्ने किसिमको होस्, कसैको पनि रोजिरोटी गुमाउनु नपरोस् । यति भए पछि बिवशता ले हैन साच्चिकै कोरोना जीतेको अनुभुति हुने छ ।