Breaking News

आजदेखि स्वस्थानी व्रत सुरु

९ पुस, काठमाडौं । आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमासम्म चल्छ ।

यो अवधिमा विभिन्न शक्तिपीठको पूजा गर्ने र स्वस्थानी कथा वाचन गर्ने चलन रहेको छ । यसै बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछन् ।

यो अवधिलाई माघ स्थानका रुपमा पनि लिइन्छ । त्यसैले साँखुस्थित शालीनदीमा स्नान मेला नै लाग्ने गर्छ ।

शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।