Breaking News

डा. निकोलस भुसाल र हरिश विष्टको अनसन ११ औँ दिनमा तोडियो ६ बुँदे सहमति

काठमाडौँ । ११ औँ दिनसम्म अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेर अनसन तोडेको छ । आज शुक्रबार सरकारले उनीहरूसँग ६ बुँदे सम्झौता गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडेकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा.भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट माइतीघरमा आमरण अनशन बसेका थिए ।