Breaking News

ईश्वर पोखरेल पक्षको भेला : पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने

५ पुस, काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महधिवेशन सकिएको छ । महाधिवशनबाट अध्यक्ष ओली कै बर्जस्व रहने गरी निर्वाचन परिणाम आएको छ । पादधिकारी देखि केन्द्रीय सदस्यसम्मएकलौटी रुपमा निर्वाचित भएकका
छन् । प्यानलगत भएको निर्वाचनमा २ पदाधिकारी र एकाध केन्द्रीय सदस्यसहित पुरै टिक ओली पक्षकै कै निर्वाचित भएका छन् । महाधिवेशन सकिएको २ दिनपछि अध्यक्षमा लडेका नेता ईश्वर पोखरेल पक्षको भेला आज बसेको छ । भेलामा नेताहरुले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगाएतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको उपसहासचिव योगेश भट्टराईले जानकारी
दिए ।

ओलीले भने, उठाएका विचारहरूलाई पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण लगायतका विषयलाई विधि र विधानभित्र बसेर निरन्तर उठाउने निष्कर्ष निकालेका छौं । उनले पार्टीको मतपरिणामका कारण बिचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे ।

महाधिवेशनमा ईश्वर पोखरेलको नेतृत्वमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय आयोगमा उम्मेदवारी दिनुभएका कमरेडहरूको संक्षिप्त बैठक आयोजना गरेका हौं । महाधिवेशन कस्तो भयो यसको राजनीतिक सन्देश के भयो भन्ने देशव्यापी समीक्षा गर्ने तयारी गरेका छौं । हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध बनाउन हाम्रोतर्फबाट भूमिका खेल्ने निर्णय गरेका छौं ।

प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए ।

‘लोकतान्त्रिक प्रतिस्पर्धा कति स्वस्थ र मर्यादित भयो भन्ने सबैले देखेकै छ । प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्म भएका थुप्रै क्रियाकलापले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी संरचनाको दुरुपयोग गरिएको छ,’ उनले भने ।

भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए ।