Breaking News

रास्वपा सभापाति रवि लामिछाने उच्च अदालत बुटवलबाट धरौटीमा रिहा

४ पुस,बुटवल । रास्वपा सभापाति रवि लामिछाने उच्च अदालत बुटवलबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत बुटवलको आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारागारबाट छुटेका छन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए ।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेर ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।

बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।

लामिछाने भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरूले उनको पक्षमा नाराबाजी गर्दै खुसीयाली मनाएका छन् ।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही शर्त र बैंक जमानतको कागज aगरेर छाडिएको बताए ।