३ पुस, काठमाडौं । /f:jkf ;efklt रवि लामिछानेलाई उच्च अदालत, बुटबलले थुनामुक्त गर्न आदेश दिPsf] 5 . t/ pgL cfh geP/ ef]ln dfq y’gfd’Qm x’g]5g\ . /ljn] y’gfd’Qm x’g eg] tLg j6f ;t{ nfu” ug{‘kg]{5 . त्यसक्रममा न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई तीनवटा शर्त तोकेको छ ।
ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् ।
पहिलो शर्त उनी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा जानुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ । उच्च अदालतले विदेश जानुपूर्व अनुमति लिएमात्रै पुग्ने आदेश गरेको हो ।
दोस्रो शर्त उनी थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नुपरेमा तयार भएको कागज गर्नुपर्नेछ । उच्च अदालतले आदेशमा भनेको छ, ‘अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जुर भए सो को कागज गराउन’ .
तेस्रो शर्त उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित विगोको दामासाही बापतको रकम बैंक ग्यारेन्टी मार्फत आउनुपर्ने भनेको छ ।

