Breaking News

साइकललाई जोगाउन खोज्दा बस सडकमै उत्तानो

काठमाडौँ । शनिबार साँझ बालाजु चोकबाट माछापोखरीतिर गइरहेको बस सडकमै पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । रिङ रोडमा चल्ने बस सोही सडकमा गुडिरहेको साइकललाई जोगाउन खोज्दा उत्तानो परेको हो ।