श्रावण २२ गते, नेपालगञ्ज, असल शासनका लागि स्थानिय जागरण तालिम सम्पन्न भएको छ । बास नेपालले सदस्यहरुको लागि आयोजना गरेको उक्त तालिम आज होटेल ईन्द्रैणीमा सम्पन्न भएको हो । बाँको जिल्लामा रहेका शाखा,उपशाखा,ईकाईका साथै सदस्यहरुलाई असल शासन र यसका तत्वहरुको बारेमा जाकारी दिन उद्धेश्यले आयोजना गरेका तालिममा कोहलपुर उपशाखा, कोहलपुर वडा नम्बर २ को ईकाई, राप्ती सानारी उपशाखा, बैझनाथ उपशाखा, जानकी उपशाखा, नेपालगञ्ज उपशाखाका पदाधिकारीहरु, बाँके शाखाका पदाधिकारीहरु र सक्रिय सदस्यहरु गरी ७५ जनाको सहभागीता रहेको तालिमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमको सहजीकरण गरेका थिए ।
२ घण्टा सम्म चलेको तालिममा भ्रष्टाचारका प्रकारहरु, भ्रष्टाचार निवारणमा कानुनी कुराहरु, भ्रष्टाचार न्युनिकरणमा युवाहरुको भुमिका, सुशासन स्थापनार्थ सरकारी तवरबाट भएका कानुनी प्रावधानहरु, नितिनियमहरुको बारेमा सहजीकरण गरिएको थियो । तालिमका सहभागीहरुको तर्फबाट चन्द्र प्रकाश जैशीले तालिमबाट धेरै कुराको सिकाई भएको बताउँदै आउँदा दिनमा तालिमको अबधी बढाएर दिनुपर्ने सुझाव दिए । त्यस्तै गरी अर्का सहभागी तारा वलीले भ्रष्टाचार न्युनीकरणका लागि हामी युवाहरुले गर्नुपर्ने भुमिकाहरुको बारेमा जानकारी भएको भन्दै संस्थालाई धन्यवाद दिईन् ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष तथा तालिम बिभाग प्रमुख दिला शाहले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको तालिममा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले सहभागीहरुलाई धन्यवादका दिनुका साथै तालिमको समापन गरेका थिए । कार्यक्रमको सञ्चालन बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

