दीर्घबहादुर शाही”डोक्काघरे”
उसले
जीवनदान बिर्स्यो
रक्तदान बिर्स्यो
मतदान त झन होसमै छैन
उसलाई
लोकतन्त्र गणतन्त्र
आफ्नो मुल मन्त्र भन्ने
दलको सिपाही
बिचौलियाको पेराफेरिबाट ठुलो बनेको
दलको नाइके
जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ
भन्ने कविले
लेखेको कविता पनि पढेको हु
सबै नागरिक बराबर हुन भन्ने प्रेसको कलमले
लेखेको
समाचार पनि सुनेको छु
तर यो ठाउँमा आइपुग्न
पहिला दलको नेता बन्नु छ
त्यसैले म दलका झोले कार्यकर्ता सम्झन्छु
भ्रष्टाचारका बाक्ला फाइल नखुलोस भनेर
श्रमजीवीको कलम सम्झनु छ
दलभित्रको आन्तरिक प्रतिस्पर्धामा
दुइ खेमा बिच प्रतिस्पर्धा हुँदा
जसले
झण्डा उठाइदियो
व्यानर बोकिदियो
नारा घोकिदियो
उसलाई उपहारमा
दशलाखको योजना पठाइ दिनु छ
डनवाद
धनवाद
चाकडीवाद
लम्पसारवाद
अनि यी सबैवाद
उसका निम्ति मर्नेजिउनी जस्ता हुन
सङ्हर्षवादी
समाजवादी
त्यागी र निष्ठावान सिपाही
पार्टीलाई मन्दिर ठानेर
नेतृत्वलाई पुजारी सम्झेर
आगन सम्म पुग्दा
अनुहार समेत नचिन्ने
लोकतान्त्रिक गणतन्त्रको आह
ठुलो नाइके!!!