Breaking News

महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले युगाण्डासँग हार

काठमाडौँ । महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले युगाण्डासँग लज्जास्पद हार बेहोरेको छ। ​नेपाली टोली १७ ओभर १ बलमा नै अल आउट हुँदै जम्मा ५१ रनमात्र बनाएर ४० रनले सजिलै पराजित भएको हो।

युगाण्डाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९१ रन बनाएर नेपाललाई खेल जित्न ९२ रनको लक्ष्य दिएको थियो।