Breaking News

एयर अरेबियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो दुर्घटनाबाट जोगियो

युएईको सारजाहबाट आएको एयर अरेबियाको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो दुर्घटनाबाट जोगिएको छ ।

दिउँसो १ बजेर ५ मीनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि ‘मिस एप्रोच’ गरेको विमान दुर्घटनाबाट उम्किएको हो ।

बेलैमा ‘ओभरसुट’ गरेका कारण अपृय स्थिति आउन पाएन । विमानस्थलबाट करिब पाँच सय मीटरको दूरीमा कोटेश्वरको नरेफाँटमाथि आइपुगेपछि एक्कासी हावाको भुमरीका विमान हल्लिएर मिस एप्रोच भएको थियो ।