Breaking News

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटनहम विजयी

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटनहम विजयी भएका छन्।

गएराति भएको खेलमा लिभरपुलले वूल्भ्स्सलाई र टोटनहमले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको हो।

एन्फिल्डमा वूल्भ्सविरूद्ध २-१ गोलले लिभरपुल विजयी हुँदा लुइस डियाज र मोहम्मद सालाहले गोल गरे।

१५ मिनेटमा डियाजले सुरूवाती अग्रता दिलाएपछि ३७ मिनेटमा सालाहले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे।

दोस्रो हाफमा लिभरपुलमाथि वूल्भ्स हाबी भएपनि एक गोल मात्रै फर्काउन सक्यो।

वूल्भ्सका म्याथ्युज कुन्हाले ६७ मिनेटमा गोल गरेका थिए।

म्यानचेस्टरविरूद्ध टोटनहमले पनि घरेलु मैदानमा जित निकालेको हो।

१३ मिनेटमा जेम्स म्याडिसनले गरेको गोल निर्णायक बनेपछि टोटनहम विजयी बनेको थियो।

२५ खेल सकिँदा अंक तालिकामा लिभरपुलको शीर्ष स्थान कायम छ। उसको ६० अंक छ।

दोस्रो स्थानको आर्सनलको ५३ अंक छ।

तेस्रो स्थानमा नटिंघम फरेस्ट र चौथो स्थानमा म्यानचेस्टर सिटी छ।

टोटनहम १२ औं स्थानमा, म्यानचेस्टर युनाइटेड १५ औं र वूल्भ्स् १७ औं स्थानमा छ