Breaking News

सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजार सुनको मुल्य तलमाथि भइरहेको छ । आज सोमबार सुनको मूल्य बढ्ने क्रममा तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको बताएको छ ।
हिजो आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।