सरकारी प्रयोशालाले धान्न नसकेपछि नीजिलाई परीक्षण गर्न दिइदै

२३ जेठ, काठमाण्डौ । सरकारी अन्तर्गत माताहतका प्रयोगशालबाट परीक्षण धान्न नसकिएपछि अब सरकारले कोरोना भाइरसको परीक्षण गर्न नसके पछि निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि परीक्षण गर्न दिने निर्णय गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरूलाई आफ्नो परीक्षण क्षमतासहितको विवरण पेस गर्न आव्हान गरेको छ ।

प्रयोगशालाकी निर्देशक डा. रूना झाले भनिन्, ’निजी क्षेत्रलाई उहाँहरूको क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस गर्न भनेका छौं। त्यसपछि एउटा मापदण्ड तय गरेर अनुमति दिन्छौं ।

अहिले देशभर रहेका २० वटा प्रयोगशालाहरूले परीक्षणको धान्न नसक्दा प्रयोगशालाहरूमा नमूनाको चाङ लागेको छ ।

निर्देशक झाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र दैनिक ३ हजार नमूना आउने गरेको बताइन् । जबकी प्रयोगशालाको दैनिक क्षमता नै एक हजार छ ।

यसरी प्रयोगशालाहरूमा क्षमता भन्दा तेब्बर नमूना संकलन हुँदा समयमा परीक्षण हुन नसकेको हो ।

तर निजी क्षेत्रसँग परीक्षणमा सहकार्य गर्दा यो चाप अलिकति सहज हुने मानिएको छ ।

निजी क्षेत्रसँग कोरोनाको परीक्षण गर्न मिल्ने ६ वटा प्रयोगशाला छन् ।

यी सबै ’ग्रेड ए’ का प्रयोगशाला हुन् ।

’स्वास्थ्य प्रयोगशाला स्थापना तथा कारवाही निर्देशिका–२०७३’ अनुसार ’ग्रेड ए’ मा सूचिकृत प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न सक्नेछन् ।

साथै स्वाइन फ्लू, कोभिड–१९ जस्ता सुरुवा रोग परीक्षण गर्न सकिने उल्लेख छ ।

सरकारले निजी क्षेत्रका प्रयोगशालालाई अनुमति दिए दैनिक १५०० जनाको कोरोना परीक्षण गर्न सकिने देखिएको छ ।

अहिले दैनिक ३ हजार जनाको परीक्षण हुँदै आएको छ ।

पछिल्लो समय भारतबाट ठूलो संख्यामा मानिसहरू आएसँगै परीक्षणको चाप ह्वात्तै बढेको
हो ।

त्यसमाथि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आएका मानिसहरूको आरडिटी पनि गरिँदैछ ।

उनीहरूको पनि अनिवार्य पिसिआर गर्ने हो भने परीक्षण गर्नै नसकिने अवस्था सिर्जना हुन्छ ।

परीक्षणको दायरालाई बढाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ठूला क्षमताको थप मेसिन खरिदको लागि सरकारलाई सिफारिस गर्ने जनाएको छ ।
तर ती मेसिन कहिले आइपुग्छ भन्ने टुंगो छैन ।