काठमाडौं । म्यानमारमा १४ जना नेपाली अलपत्र परेका छन् । बर्मास्थित नेपाली दूतावासका अनुसार उनीहरू सीमा क्षेत्रमा पर्ने म्यावडी भन्ने ठाउँमा फसेका छन् ।
उनीहरु उद्दारका लागि अनुरोध गरेका छन् । दूतावासका अनुसार उनीहरू रहेको स्थान स्थानीय जातीय समूहको कब्जामा रहेको क्षेत्रमा पर्छ । त्यहाँ नेपालसहित अरु ३६ देशका नागरिक अलपत्र परेकाले उद्दारका लागि अरु देशसँग पनि समन्वय भइरहेको छ ।
केही दिनअघि पाँच जना नेपाली उद्दार भएर स्वदेश फर्किसकेका छन् । अन्यलाई पनि फर्काउन यथाशक्य प्रयास भइरहेको छ ।