Breaking News

ने क पा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक

ने क पा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको   पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले उद्घाटन गर्नुभएको थियो ।गुरुङले  आगामी निर्बाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टी निर्माणमा सल्ल्हाकाराहरूको महत्वपूर्ण भूमिका रहने र त्यसका लागि हर तरहले लागि पर्न आग्रह गर्नुभयो । पार्टी सरकारमा रहेको बेला सकारात्मक उपलब्धीको प्रचार प्रसार सहित  पार्टीलाई दिशा निर्देश गर्न आग्रह गर्नुभयो ।

गुरुङले पार्टीका कार्यकारी कमिटीका संरक्षकका रूपमा रहेका सल्ल्हाकारहरूको सृजनात्मक सुझावले  पार्टीले कमजोरी हटाउदै नयाँ उचाई निर्माणमा सहयोगी हुने जिकिर गर्नुभयो । नेता कार्यकर्ताको सबलीकरणमा र सरकारका अंगहरूको प्रभावकारितामा समेत सल्लाहकारहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । पार्टी विरुद्धका कुनै पनि प्रकारका आक्रमण र अतिवाद परास्त गर्न प्रस्ट योजना सहित कार्य सम्पादनमा उत्रन आग्रह गर्दै इन्चार्ज गुरुङले बास्तबिक परिणाम निस्कने गरी हरेक तहका कार्यकर्ता लाग्नु पर्ने बताउनुभयो ।

 बैठकमा  प्रदेश कमिटीका  सचिब धनन्जय दवाडी ,उपसचिव मन्जु अधिकारी , सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मी सहितले पार्टी नीति ,कार्यक्रम र सल्लाहाकारको भूमिका सन्दर्भमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । एमाले प्रदेश कमिटीका  अध्यक्ष नवराज शर्माको  अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार परिषदका सदस्यहरूलाई सपथ ग्रहण  समेत गराइएको थियो ।