रुकुम घटनाको छानबिन गर्न संसदीय बिशेष समिति गठन

२३ जेठ, काठमाण्डौ । हालै रुकुममा घटेको घटनको सत्यतथ्य सहितको छानबिन समिति गठन गर्न पटक पटक गरेको आग्रहलाई सभामुख सापकोटाले दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने बताएका छन् ।

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका १९ जना युवा र केटी पक्षबीच झडप भएसँगै उनीहरूको हत्या भएको थियो ।

सो विषयमा घटनाको भोलिपल्टदेखि नै संसदमा सत्ता पक्ष र प्रतिपक्षले समेत संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । यो घटना जातीय विभेदका कारण नै भएको आरोप सहित छानबिनको माग गरिएको छ ।

दुईपक्षको झडपपछि केटी पक्षले कुटपिट गरेपछि नवराज विकसहितका युवाहरू ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा छ जनाको ज्यान गएको थियो भने अरु सकुसल घर फर्किएका थिए ।