अमेरिकाका दंगा भड्किएपछि ट्रमद्धारा क्यू र हजारौ सेना परिचालन

एजेन्सी

२० जेठ, कामठमाण्डौ । एकजना अफ्रिकी मूलकका काला जातिका मान्छेलाई अमेरिकी सेनाले नियन्त्रणमा लिने क्रममा अध्याधिक बल प्रयोगका कारण मारिएका जर्ज फ्लोइडको मृत्युको विरोधमा साता दिनदेखि अमेरिका आन्दोलन चर्किरहेको छ ।

शान्तिपूर्ण भनिएका प्रदर्शनहरूले हिंसात्मक रूप लिन थालेपछि त्यहाँका कयौं शहरमा कर्फ्यू लगाइएको छ ।

यसको मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले अमेरिकाका कयौ सहरमा क्यू लगाएका छन् भने विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेको र सोको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन् ।

’दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो गर्छु’, ट्रम्पले टेलिभिजन सम्बोधनमा भनेका छन् ।

टेलिभिजनमार्फत् सम्बोधन गरेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मीसाथ पैदल गएका थिए ।

सो गिर्जाघरमा प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन् । यसैगरी प्रहरीले ह्वाइट हाउस बाहिरको प्रदर्शनलाई नियन्त्रणमा लिएको छ ।

यस्तै प्रहरी ज्यादतीमा मारिएका जर्ज फ्लोइडका परिवारले गराएको पोस्टमार्टममा उनको मृत्यु अक्सिजनको कमीले भएको पाइएको छ ।

सो पोस्टमार्टम गरेका चिकित्सकहरूले जर्जको मृत्युको कारण ’घाँटी र कम्मरमा दबाब’ भएको बताएका छन् ।

गत सोमबार जर्जलाई नियन्त्रणमा लिनेक्रममा मिनियापोलिसका प्रहरीले जर्जको घाँटी कयौं मिनेटसम्म घुँडाले दबाएका थिए ।

आधिकारिकारुपमा भने उनको मृत्युलाई हत्या भनिएको छ ।

यसैगरी राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई चेतावनी दिदैं प्रदर्शनकारीविरूद्ध कडा रूपमा प्रस्तुत हुन भनेका छन् ।

उनले दशककै सबैभन्दा खराब नस्लीय र नागरिक अशान्ति घटनामा गभर्नरहरूको प्रतिक्रिया कमजोर भएको आरोप लगाएका छन् ।

उनले प्रदर्शनकारीविरुद्ध गभर्नरहरू हाबी हुनुपर्ने बताएका छन् । ट्रम्पको यो बयान विवादित बनेपछि ह्वाइटहाउसका प्रवक्ताले ट्रम्पको भनाइको गलत अर्थ निकालिएको बताएका छन् ।

प्रवक्ता केयली म्याकनैनीले राष्ट्रपति ट्रम्पको भनाइको मतलब गभर्नरहरू नेशनल गार्डमा धेरै भर पर्नु भन्ने भएको स्पष्टिकरण दिएकी छन् ।

ट्रम्पले हिंसाका लागि वामपन्थी कट्टरपन्थी जिम्मेवार रहेको आरोप लगाएका छन् । तर, आलोचकहरूले भने राष्ट्रपति ट्रम्पले समाज विभाजन पैदा गरिरहेको आरोप लगाएका छन् ।