Breaking News

माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि पार्टी तटस्थ बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।

क्रान्तिकारीको निर्वाचनबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रियाबाट जान स्वतन्त्र छोडेको हो ।

एक सचिवका अनुसार  ‘विद्यार्थीको नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रियामा गइसक्यो यसमा पार्टीले हस्तक्षेप गर्ने भन्ने हुँदैन । जुन व्यक्तिलाई जुन पदमा उम्मेदवारी दिन मन लाग्छ फ्याक्सन इन्चार्जको समन्वयमा गरेर जान सकिने सुझाव दिएको छ । सबै प्रदेशमा निर्वाचन हुने हुँदा प्यानल बनाएर जाने कुरा पनि हुँदैन । सकभर सहमतिमै नेतृत्व चयन हुने वा निर्वाचन प्रक्रियामा गएपनि पदाधिकारीमा मिलाएर जाँदा हुन्छ भनेर पार्टीले सुझाव दिने कुरा भयो । अब विद्यार्थीहरूको स्वविवेकको कुरा हो  ।

निर्वाचन प्रक्रियाबाट विद्यार्थीहरूको स्वविवेकले नेतृत्व छान्ने