पर्वत जिल्लामा पहिलो पटक कोरोना संक्रमण पर्वत सहित स्वाङजा गरी १० जनामा कोरोना संक्रमण पुष्टि

२० जेठ, पोखरा । कोरोना भाइरसका संक्रमित थपिने क्रममा गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक कोरोना भइरसले छोएको छ । सो जिल्ला यस अगाडी कोरोनाबाट डाढा रहेको थियो । आज मंगलबार बिहानै सो जिल्लामा ५ जनामा कोरोना भाइरले छोएको बताइएको छ । यस सँगै सँगै आजै स्याङजा जिल्लामा पनि थप ५ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।