Breaking News

एमाले र माओवादी केन्द्र को सत्ता सहकार्य समाप्त सँगै नेताहरुबीच वाकयुद्ध सुरु

काठमाडौँ । एमाले र माओवादी केन्द्र को सत्ता सहकार्य समाप्त सँगै दुई दलका नेताहरुबीच वाकयुद्ध सुरु भएको छ । दुबै दलको नेताहरूले पछिल्लो दिनमा अर्कालाई दुस्मन नै ठान्न ठान्न थालेका छन् । उनीहरु संसददेखि संसदीय समितिसम्म वाकयुद्धमा उत्रन थालेका छन् ।

९ भदौमा सार्वजनिक लेखा समितिको बैठकमा कुलमान घिसिङको नाममा एमाले र माओवादीबिच वाकयुद्ध देखिएको थियो । पछि प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेपछि पनि त्यो वाकयुद्ध दोहोरियो । अझ आजको प्रतिनिधिसभाको बैठकमा देखिएको दृश्यले एमाले(माओवादी दुस्मनी कै तहमा पुग्न थालेको झझल्को देखिन थालेको छ ।

२०७९ को निर्वाचनपछि १८ महिना सरकारको नेतृत्व गरेपश्चात् अहिले माओवादी संसद्को प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ ।

अझ पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने विषयमा माओवादी र एमाले फरक कित्तामा छन् । एमालेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदै विद्युत् बक्यौता उठाउन चाहेको आशङ्का माओवादीलाई छ । यस्तै माओवादीले यो विवादलाई वर्तमान गठबन्धनविरुद्ध प्रयोग गर्न सकिने हतियारको रूपमा लिएको प्रयोग गर्न चाहन्छ । यी र यस्ता खालका क्रियाकलापले एमाले र माओवादीबीच एकआफसमा दुश्मनी बन्दै नोकझोकको सवाल सुरु भएको छ ।