‘म्याग्दीलाई चिनाउने र उत्पादन भएका बस्तु बिक्रीका लागि स्टल अझै बाँकी छ, हामीले यसपटक सबै प्रकारको ब्यापारमा स्थानीय ब्यापारीलाई नै प्राथमिकता दिएका छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । म्याग्दीका ६ वटै स्थानीय तहमा उत्पादन हुने कृषि, हस्तकला लगायत अन्य सामानको बिक्री तथा प्रर्दशनीका साथै पुरस्कारको समेत ब्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले भन्नुभयो । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवद्र्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यलाई नै केन्द्रित गरी तयारीमा जुटेको महासचिव नारायण घर्ती क्षत्रीले बताउनुभयो।
महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको ब्यापक प्रचार प्रसार गर्ने गरी तयारी भइरहेको र विश्वभर विभिन्न क्षेत्रबाट चिनिएका ब्यक्तीहरुलाई समेत सम्मान गर्ने कार्यक्रमहरु समेत रहेको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले
बताउनुभयो । महोत्सवमा हेलीमार्फत म्याग्दीका पर्यटकीयस्थलसम्मको सयर सहित पर्यटकीय, धार्मिक तथा जिल्लालाई चिनाउने गरी फोटो तथा भिडियो प्रर्दशनी समेत गरिने छ ।
महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । महोत्सवको समयमा म्याग्दी क्षेत्र भित्र १० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । महोत्सव सफल बनाउन ३७ वटा उपसमिति समेत गठन गरिएको छ ।

