Breaking News

सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्‌ले पहिलो एनपीएल उपाधि जित्यो

मंसिर १६ गतेदेखि भएको प्रतियोगितामा ८ फ्रेन्चाइज टिम सहभागीमा चरणवद्ध खेलमा आज भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्‌ले पहिलो एनपीएल उपाधि जितेको छ । । टीयू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सो उपाधि जित्न सफल भएको हो । अहिलेसम्मकै ठूलो खेल महोत्सवको रुपमा लिइएको एनपीएलमा जनकपुर बोल्ट्सले ७ टिमलाई पछि पार्दै च्याम्पियन बन्न सफल भएको हो ।

जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हरायो । यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्दै पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो ।

त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे ।

काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते एनपीएल ट्रफी अनावरण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेको यो ट्रफीमा सर्वोच्च शीखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ ।

आयोजक क्यान सचिव पारस खड्काले एनपीएलको मुख्य आकर्षण खेलसँगै ट्रफी पनि रहेको बताएका थिए । हुन पनि ट्रफीको प्रयोग भएको कालापत्थरको ढुंगाले त्यतिबेलै सबैको ध्यान खिचेको थियो । ट्रफीलाई केवल खेलको हारजितसँगमात्र जोड्ने नभइ हिमाल संरक्षणको सन्देश दिन पनि सर्वोच्च स्थानको ढुंगा जडान गरिएको उनको भनाइ थियो ।

ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका हुन् । ट्रफी अनावरण कार्यक्रममा शेर्पाद्वयलाई सम्मान गरिएको थियो । मंसिर १६ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आज सकिएको छ ।

 

प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी थिए । र अन्तत: कालापत्थरको ढुंगाजडित पहिलो नेपाल प्रिमियर लिगको ट्रफी जनकपुर बोल्टस्‌को नाममा भएको छ । जनकपुरले ट्रफीसहित अहिलेसम्मको ठूलो पुरस्कार राशी १ करोड १० लाख प्राप्त गर्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख र तेस्रो भएको कर्णालीले २५ लाख हात पार्‍यो । चौथो चितवन राइनोजको भागमा १५ लाख पर्‍यो ।