Breaking News

 स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदै

३१ साउन, काठमाडौं ।  स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदैछ ।

एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।

दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा छन् ।

२० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । रियललाई बार्सिलोना र छिमेकी एट्लेटिको मड्रिडले चुनौती दिनेछ ।

लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा हुँदै यस सिजन ला लिगा खेल्दैछन् । अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परेका थिए ।