Breaking News

जेबी टुहुरे स्मृति सम्मान खुसिराम पाख्रिनलाई मरोणापरान्त प्रदान गरिने

३१ साउन, काठमाडौं । यस वर्षको जेबी टुहुरे स्मृति सम्मान खुसिराम पाख्रिनलाई मरोणापरान्त प्रदान गरिने भएको छ । जेबी टुहुरे स्मृति फाउण्डेसनको बैठकले जेबी टुहुरे स्मृति सम्मान २०८१ बाट जनवादी गायक पाख्रिनलाई सम्मान गर्ने निर्णय गरेको हो ।

ईश्वरचन्द्र ज्ञवाली संयोजकत्वको तीन सदस्यीय सिफारिस समितिले तयार पारेको अन्तिम सूचीमध्येबाट पाख्रिनको नाम चयन गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

आगामी भदौ १० गते जेबी टुहुरेको तेस्रो स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रम काठमाडौंको इच्छुक प्रतिष्ठानमा आयोजना हुँदै छ ।

जेबी टुहुरे स्मृति प्रतिष्ठानले २०७९ सालदेखि गीतसंगीतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विशिष्ट प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरुलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गर्दै आएको छ ।

२०७९ सालमा धरानमा आयोजित पहिलो जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीत लेखेका लव प्रधानलाई सम्मान गरिएको थियो ।

यसैगरी २०८० सालमा काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई सम्मान गरिएको थियो । २०८१ सालको सम्मान भने पाख्रिनलाई प्रदान गर्न लागिएको हो ।

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी ९जेबी टुहुरे०को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।