Breaking News

एमालेबाट मन्त्री बन्ने सम्भावित अनुहारहरु

काठमाडौँ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम एमाले लगभग टुङ्गो लगाएको छ । हिजो आइतबार राति अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे सामान्य छलफल भएको थियो ।

छलफलमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ । त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीलाई पनि मन्त्री बनाएर आफू नेतृत्वको सरकारमा सहभागी गराउने अध्यक्ष ओलीले सङ्केत गरेका छन् ।

यद्यपि ती नामहरूमा आजसम्म केही फेरबदलसमेत हुनसक्ने ती नेताको भनाइ छ ।