Breaking News

युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको उत्कृष्ट अवार्ड स्पानिस दुई खेलाडी यामल र रोड्रीलाई

३१ असार, काठमाडौं । आज बिहान सकिएको युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पानिस युवा स्टार लामिन यामलले जितेका छन् ।

स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।

युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन् । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।

यामलले सेमिफाइनलमा फ्रान्स विरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएका थिए । उनले स्पेनले खेलेको सातवटै खेल खेलेका थिए । जसमा समूह चरणमा क्रोएसियालाई ३(० ले पराजित गरेको खेलमा डेब्यु गर्दै युरोको सबैभन्दा कान्छो खेलाडी खेलाडीको कीर्तिमान बनाएका थिए । जतिबेला उनी १६ वर्ष ३३८ दिनका थिए ।

यस्तै सेमिफाइनलमा फ्रान्स विरुद्ध गोल गर्दै उनी युरो इतिहासमा गवल गर्ने पनि सबैभन्दा कान्छो खेलाडी बने । फ्रान्स विरुद्ध गोल गर्दा उनको उमेर १६ वर्ष ३६२ दिन थियो ।

फाइनलमा इंग्ल्याण्डलाई २(१ ले पराजित गर्नुअघिल्लो दिन मात्र उनले आफ्नो १७औं जन्मदिन मनाएका थिए ।

यामल युरोकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्ने तेस्रो र स्पेनको दोस्रो खेलाडी हुन् । सन् २०१६ देखि युरोमा उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गर्न थालिएको थियो ।

उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेमा फरवार्ड लामलले यो सपना भएको बताए । ‘यो वास्तवमै सबैभन्दा राम्रो उपहार
हो । यो एउटा सपना हो । खेल बराबरी हुँदा गाह्रो थियो । तिनीहरूले हामीलाई कडा टक्कर दिए, तर हामी सधैं फर्कन्छौं, हामी सधैं जित्छौं ।’

यामलले एकदमै खुशी लागेको र यो खुशी फ्यानहरुसँगै मनाउन उत्साहित रहेको बताए ।

त्यस्तै स्पेनकै अर्का खेलाडी  रोड्री  युरो २०२४ को उत्कृष्ट खेलाडीमा घोषित भएका छन् ।

स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि दिलाउनका लागि मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेका रोड्रीले उत्कृष्ट खेलाडीलाई प्रदान गरिने अवार्ड जितेका हुन् ।

बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइनलमा इंग्ल्याण्डलाई २(१ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । स्पेनले युरो २०२४ को सबै ७ खेल जित्दा रोड्रीको प्रदर्शन प्रेरणादायी रह्यो ।

उनले प्रतियोगिताभर १ गोल समेत गरेका थिए ।

रोड्रीले कूल ५२१ मिनेट खेलेका थिए । जसमा उनले ४३९ पासको अटेम्पको गर्दा ४११ पास कम्प्लिट गरेका थिए ।

रोड्रीले प्रतियोगितामा ७ मध्ये ६ खेलमा पहिलो रोजाईँमा खेलेका थिए । उनले फाबियन रुइजसँग सेन्टर मिडफिल्डको जोडी बनाएर खेलेका थिए । म्यानचेष्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने रोड्रीले अन्तिम १६ मा जर्जियालाई ४(१ ले पराजित गर्दा १ गोल गरेका थिए ।