Breaking News

(राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ राष्ट्रिय पारालिम्पिक कमिटी नेपालबाट युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णय अनुसार सदस्यमा नियुक्त भएका हुन् ।

पारालिम्पिक कमिटीका सदस्य श्रेष्ठ नेपाल तेक्वान्दो संघका पनि केन्द्रीय सदस्य हुन् । राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले नवनियुक्त सदस्य श्रेष्ठलाई बुधबार स्वागत गर्दै बधाइ दिएका छन् ।