Breaking News

कोपा–अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको ४८औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो ।

कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ ।

कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो ।