Breaking News

इटलीको आत्मघाती गोलले स्पेन बिजयी

७ असार, काठमाडौं । आत्मघाती गोल मदतमा स्पेनले युरो २०२४ मा इटलीलाई १-० ले पराजित गरेको छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो ।

समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३(० ले पराजित गरेको थियो ।

इटलीको भने यो पहिलो हार हो । पहिलो खेलमा इटलीले अल्वानियालाई पराजित गरेको
थियो ।

लगातार दुई जितपछि स्पेन ६ अंक जोडेर समूह बी को शीर्ष स्थानमा छ । हारपछि पनि इटली ३ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।

क्रोएसिया र अल्वानियाको दुई खेलबाट समान एक अंक छ । अब समूहको अन्तिम खेलमा स्पेनले अल्वानिया तथा इटलीले क्रोएसियासँग खेल्नेछ ।

स्पेन बाहेक बाँकी तीनवटै टोलीको नकआउटमा चरणमा पुग्ने सम्भावना बाँकी छ । त्यसका लागि आफू अनुकूल नतिजा आउनुपर्नेछ ।