Breaking News

पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कप सम्मपन्न  

पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कपक एट बल पुल प्रतियोगिता ललितपुरमा सम्मपन्न भएको छ । संस्थाका अध्यक्ष मोदनाथ सिँखडाले आयोजना भएको सो प्रतियोगितामा फुरी सेर्पाले जित हात पारेका छन ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जजनले उद्घाटन गरेको सो प्रतियोगितामा करिब सयजना भन्दा बढी स्थानिय खेलाडिहरुले भाग लिएका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले यस प्रकारका खेलले युवाहरुलाई थप खेल प्रति आकर्षित हुन ठूलो मद्दत मिल्ने बताए ।

साथै उनले ललितपुर महानगरपालिकाले यस पावर एट्टी वनले आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुलाई आगामीदिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । त्यसैगरी प्रतियोगिता आयोजना गर्दै आएका मोदनाथ सिँमखडाले यस प्रतियोगिताले पुल खेल तथा खेलाडिलाई अगाडि बढन थप मद्दत गर्ने उद्देश्यले आफुले हरेक महिना यो प्रतियोगिता गर्ने बताएका छन । उनले भने अरुले प्रतियोगितामा नगद दिनुहुन्छ तर मैले कृषि क्षेत्रलाई अगाडी बढाउन विजेतालाई खसी पुरस्कार दिने गरेको छु ।साथै यस प्रतियोगिताबाट सामाजिक कार्यको लागि समेत सहयोग गर्दै आएको छु । विजेता फुरी शेर्पाले नेपालमै दोश्रा पटक एट बल पुल प्रतियोगिता खशी जितेकोमा आफु निकै खुशी भएको बताए ।