Breaking News

प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा धेरै राम्रो काम गर्ने विप्लवको जिकिर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पाँच वर्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी सरकार चलाउन दिए अहिलेको भन्दा धेरै राम्रो काम गर्ने जिकिर गरेका छन् । उनले आज शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्डलाई काम गर्न दिनुपर्ने अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस्’, प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका
छन् । सरकारमै बसेको पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदा आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ रु’

साम्राज्यवादीको समर्थनमा दलालहरूले सत्ता हत्याएको देशमा निष्पक्ष न्यायको कामना गर्नु भनेको आफैँलाई धोका दिनु भएको उनले बताए । अहिलेको अवस्थामा प्रचण्डले चाहेर मात्रै केही गर्न नसक्ने विप्लवको निष्कर्ष छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबिच बराबरी सम्झौता नहुँदा माओवादीका कार्यकर्ता रोएर हिँड्नुपर्ने अवस्था आएको उनको टिप्पणी छ ।